विजया दशमी २०७७ को सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजुभाईमा हार्दिक मंगलमय शुभकामना !

0
Clap

विजया दशमी २०७७ को सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजुभाईमा हार्दिक मंगलमय शुभकामना !

नेपाली पात्रो र तिथी अनुसार दशैँ प्राय असोज-कार्तिकमा पर्ने गर्छ। पंचांग अनुसार असोज शुक्ल पुर्णिमाको दिन दशैँको पहिलो दिन घटस्थापना गरिन्छ। नवरात्री, दशमी गर्दै असोज शुक्ल पुर्णिमाको दिनलाई भने दशैँको अन्तिम दिन मानिन्छ। यसपालिको विजया दशमी कार्तिक मसान्तको १ गते देखि सुरु भएको छ।

आज वि.स २०७७, कार्तिक ७ गते नवरात्रीको सातौं दिन सप्तमी तथा फूलपातीको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना!

विजया दशमीलाई बडा दशैँ भनेर पनि चिनिन्छ। नौ दिन सम्म दुर्गा माताका नौ अवतारको पूजा अर्चना गरेपछि दसौँ दिन लाई दशैँ भनेर मानिन्छ।

नवरात्रि भरी माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री को पूजा अर्चना गरिन्छ ।

घटस्थापनाको दिन घर-घरमा दुर्गा स्थापना गरेर जमरा राखिन्छ। जमरा अर्थात् जौ, धान, मकै, गहुँको बीजलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रि भरिने हरेक दिन पूजा अर्चना गरिन्छ ।  माटो, पानी, हावा, फूल संग जोडिएको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ ।

यसरी नौ दिन सम्म पुजा गरेपछि दसौँ दिनलाई दशैँ भनेर मानिन्छ। दशैंको दिनमा ठुलाबडाको  हातको अक्षता र जमराको साथ धेरै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ।

सप्तमी

सप्तमीको यो विशेष दिनलाई फूलपाती पनि भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, स्वास फेर्दा आगो ओकल्ने यीनै देवीले भुईमा झरेको हरेक थोपा रगत बाट पूर्ण जीवन पाउने रक्तविज नामक दैत्यका संहार गरेकी हुन् ।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला केराको बोट, जयन्ती र उखु लगायतका लहराता अनि विभिन्न प्रकारको फुल र पाती मिश्रित फूलपाती भित्राइन्छ। आज कालरात्रि देवीका साथसाथै विद्या र सङ्गीतको देवी सरस्वती माताको पानी पूजा गरिन्छ ।

अष्टमी

नवरात्रिको आठौं दिन अर्थात् अष्टमीको दिन दुर्गा माताको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको  छेउमा नौ वटा साना साना दुर्गाहरु लाई नौ देवीका प्रतिमाको रुपमा स्थापित नैवेद्य, फल फूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

नवमी

दशैँको नवौँ दिनलाई नवमी भनेर चिनिन्छ। यस दिन दुर्गा माताको नवौँ शक्ति स्वरुप माता सिद्धिधात्रीको विशेष पुजा गरिन्छ। साथसाथै यस दिन धनधान्यकी देवी माता महालक्ष्मीको पनि पुजा गरिन्छ।

नवमीको दिनमा निर्माण र शिल्पकला अनि कलपुर्जाका देवता विश्वकर्माको पुजा पनि गरिन्छ। यस दिन इन्जिन, गाडी, कारखाना आदिमा बलि चढाउने चलन पनि छ। नवमीको दिनमा सबै भन्दा धेरै बलि चढाउने चलन रहेको छ । शाकाहारी र मांसाहारी परिवारहरुले आफ्नो चलन अनुसार  बलि दिने गर्छन्। शाकाहारीले कुबिन्ड़ो, घिरौंला इत्यादिको बलि दिन्छन् भने मासाहारीले कुखुरा, खसी, च्यांग्रा, राँगो, बोकाको बलि दिने चलन छ।

दशमी

दशमीको दिन भनेको दशैँको दिन हो। यस दिन ठुलाबडाको हातको अक्षता र जमराको साथ धेरै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ। नौ दिनसम्म गरेका राखेका जमरा, दहि, रातो अबिर र चामल राखेर तयार पारिएको रातो अक्षता र जमरा हामी नेपालीहरुको महान चाड दशैँको एउटा पहिचान हो।

आजको दिन सबै परिवार, आफन्त र इष्टमित्र एकै ठाउमा बसेर टिका लगाउने चलन छ।  साथसाथै घरमा भएको मिठो नमिठो भोजन सबै मिलेर माया र सद्भावका साथ पकाउने र खाने चलनले दशैँको दिन एकप्रकारको छुटै उमङ्ग र हर्ष लिएर आउछ।

हाम्रा सम्पूर्ण नेपाली दिदीबहिनी तथा विजयादशमी २०७७ को हार्दिक मंगलमय शुभकामना !!!

 

Clap

Spread the love

Author: Barsha Bishwakarma

Writing makes me happy. Do what you like, and like what you do.

Leave a Reply

Your email address will not be published. Required fields are marked *